२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

गर्मीमा कारको एसी बचाउन यसो गर्नुस्

गर्मीमा कारको एसी बचाउन यसो गर्नुस्

1.8K
Shares

गर्मी मौसममा कार भित्र गुम्सेर यात्रा गर्न सहज हुँदैन । नेपालको सन्दर्भमा जहाँ धुवाँ धुलोले गर्दा कारको झ्याल खोलेर यात्रा गर्न सहज बनाएको हुँदैन त्यस्तो अवस्थामा कारमा भएको एयरकन्डिसन (एसी) को प्रयोग गर्नु राम्रो विकल्प हो । तर एसीको सही तरिकाले प्रयोग गर्न नजान्नाले केही अप्ठ्यारो भने हुन सक्छ ।

चर्काे गर्मीयाममा कारमा भएको एसी पर्याप्त नहुन सक्छ । आधुनिक कार निर्माताले कारमा अटोमेटिक एसी वा क्लाइमेट कन्ट्रोल जस्तै आधुनिक उपकरणको प्रयोग गरेको हुन्छ । यसले गर्दा कहिलेकाही कारमा यात्रा गर्नेहरुले अप्ठेरोको सामना पनि गर्नु पर्ने हुन्छ ।

उच्च तापक्रमको कारणले कार भित्रको तापक्रम पनि बढी हुने गर्छ । यही कारणले कारमा एसी चलाउँदा एसीको खासै प्रभाव परेको हुँदैन । एसी चलेको छ कि छैन भन्ने भान हुँदैन । केही सरल उपायबाट यस्तो अवस्थाबाट केही छुट्कारा पाउन सकिन्छ ।

१. झ्याल थोरै खोल्ने
बाहिरको तापक्रम बढेसँगै कार भित्रको तापक्रम पनि बढेको हुन्छ । यही कारणले गर्दा एसी खोल्दा कार भित्र अलि चिसो हुन समय लाग्छ । त्यसैले कार ड्राइभिङ गर्दा जहिले पनि कारको झ्याल थोरै खोलेको खण्डमा भित्रको तातो हावा छिट्टो बाहिर निस्कन्छ ।

२. कारलाई सित्तल ठाउँमा पार्किङ गर्नु
कारलाई गर्मीबाट बचाउनको लागि सरल उपाय भनेको कारलाई सितल ठाउँमा पार्किङ गर्नु हो । कार जहिले पनि सकेसम्म सितल ठाउँमा पार्किङ गर्नु पर्छ र पार्किङको समयमा थोरै कारको झ्याल खोलि राख्दा राम्रो हुन्छ । यसले फ्रेस हावा कार भित्र प्रवेश गरेको हुन्छ र कारको तापक्रम केही हदसम्म कम हुन्छ ।

३. रिसक्र्युलेशन मोड
कार स्टार्ट गरेको समयमा जहिले पनि रिसक्र्युलेशन मोड अफ गर्नु पर्छ जसले गरम हावा भेन्टिलेशनबाट बाहिर निस्कन पाउछ र एकचोटी कार भित्र चिसो हावा आइसकेपछि रिसक्र्युलेशन मोड अन गर्नु जसले कार भित्र चिसो हावा आउछ । यस्तो स्थितिमा एसी चलाउँदा एसी प्रभावशाली ढंगबाट चलेको हुन्छ ।

४. मेन्टिनेन्स
कार र एसी दुबैको नियमित सर्भिसिङ गराउनाले एसी सिस्टम राम्रोसँग चलेको हुन्छ । यदि कारको एसीमा कुनै प्रकारको समस्या देखिएमा सबैभन्दा पहिला उसको कम्प्रेसरको जाँच गराउनु पर्छ । गर्मी मौसममा जहिले पनि एसीको सर्भिसिङ गराउनु पर्छ ।

५. एसीलाई कम गतिमा चलाउने
यदि कारमा अटो एसी वा क्लाइमेट कन्ट्रोल छ भने एसी सबभन्दा कम गतिमा चलाउनु पर्छ । यसले कार भित्रको तापक्रम तीव्र गतिमा कम हुन्छ । एक चोटी हावा चिसो भइसके पछि आफू अनुकुल तापक्रम बढाउन सकिन्छ ।

६. कार तीव्र गतिमा चलाउने
यदि कार लामो समयसम्म घाममा पार्किङ गर्नुभएको छ भने कार भित्रको तापक्रम बढ्नु स्वाभाविकै हो । यस्तो अवस्थामा कारलाई निश्चित दुरीसम्म कारलाई तीव्र गतिमा चलाउनु पर्छ । जब कारमा केही चिसो हावाको प्रवेश भएको महसुस हुन्छ तब सामान्य गतिमा ड्राइभ गर्दा हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij