
अर्थ नेपाल संवाददाता
काठमाडौं/संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा ३१ शाखा अधिकृतलाई खटाएको छ।
मन्त्रालयले खटाएकामध्ये १८ जनालाई गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत र १३ जनालाई अधिकृतका रूपमा रिक्त रहेका नगरपालिकामा खटाएको हो।
रिक्त रहेका १८ गाउँपालिकाको लागि प्रमुख प्रशासकीय अधिकृत र नगरपालिकाको शाखा कार्यालयका लागि शाखा प्रमुखका रूपमा कर्मचारी खटाइएको मन्त्रालयले जनाएको छ ।
ती गाउँपालिकामा यसअघि निमित्तले प्रमुख प्रशासकीय अधिकृतको काम सम्हाल्दै आएका थिए। खटाइएका प्रमुख प्रशासकीय अधिकृत जाजरकोट, भोजपुर ताप्लेजुङ, पर्सा, सर्लाही, सिन्धुपाञ्चोक, बझाङ, डोटी, अछामलगायतका रहेका छन्।
गाउँपालिकामा शाखा अधिकृत प्रमुख प्रशासकीय अधिकृत रहने व्यवस्था छ।
मुलुकभर २७६ नगरपालिका र ४६० गाउँपालिका छन्। अपुग स्थानमा थप कर्मचारीलाई विस्तारै पठाइने छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij