
अर्थ नेपाल संवाददाता
गुल्मी / साइन रेसुङ्गा डेभलभमेण्ट बैंक लिमिटेडले अव देखि वर्षको ३६५ दिन नै बैकिङ सुविधा प्रदान गर्ने भएको छ । बैंकको गुल्मी तम्घास र वलेटक्सार शाखाले चैत्र ३ गते देखि हरेक विदाको दिन विहान ११ वजे देखि २ वजे सम्म बैकिङ सुविधा दिन थालिएको बैंकले जनाएको छ ।
अरु दिन कार्यालय समयभर र हरेक विदाको दिन उक्त समय अवधीको तिन घण्टा सम्म बैकिङ सुविधा दिईने छ ।
बुटवलमा प्रधान कार्यालय रहेको शाईन रेसुङ्गाका हाल सम्म गुल्मी सहित विभिन्न जिल्लामा ३५ वटा शाखा रहेका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij