
अर्थ नेपाल संवाददाता
काठमाडौं / नेपाल सुनचाँदी व्यवसायीहरु एक भएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले एक हुने भएका छन् । यस सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । दुवै महासंघका अध्यक्षहरु मोहनकुमार सुनार र रमेश महर्जनले उक्त समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
सुनचाँदी क्षेत्रमा देखिएका विद्यमान समस्याहरुलाई दिर्घकालीनरुपमा समाधान गर्नका लागि पनि एकिकरण आवश्यक रहेको व्यवसायीहरुको ठहर छ । दुई महासंघका उच्चस्तरीय कार्यदलको बैठकले एकिकरण अपरिहार्य रहेको भन्दै देशैभरिका सम्बन्धित व्यवसायीका संघ–संस्थाहरुलाई समेट्नेगरी एकिकरण गरेर लैजाने प्रतिबद्धता जनाएको छ ।
व्यवसायलाई उद्यम व्यवसायकोरुपमा विस्तार एवं निर्यात प्रवद्र्धन, व्यवसायको स्तरोन्नती, राजश्वमा योगदान गर्दै अर्थतन्त्रको सुदृढ र दिगो विकासको लागि अब दुवै महासंघले एकिकृतरुपमा काम गर्ने पनि बताएका छन् । अबका दिनमा दुवै महासंघले यस क्षेत्रका जुनकुनै काम पनि संयुक्तरुपमा संचालन गर्ने जनाएका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij