२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मिस टिन ग्ल्यामको उपाधी जेस्सिकाले जितिन्

मिस टिन ग्ल्यामको उपाधी जेस्सिकाले जितिन्

1.8K
Shares


अर्थ नेपाल संवाददाता
काठमाडौं / ललितपुर मंगलबजारकी १७ बर्षिया जेस्सिका ताम्राकारले ‘मिस टिन ग्ल्याम २०१८’को ताज जितेकी छन् । १४ प्रतियोगी सुन्दरीलाई पछि पार्दै उनीे ताज पहिरिन सफल भएकी हुन् । प्रतियोगीतामा उनले शिर्ष उपाधिका साथमा ‘बेष्ट फिजिक’ र ‘बेस्ट सिंगर’को उपाधि समेत हात पारिन् । बिजेता भएका कारणले उनी बिभिन्न अवसर र पुरस्कार एकसाथ पाएकी छन् ।
ग्ल्याम वल्र्ड ईन्टरटेनमेंटले सोमबार साँझ जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न गरेको प्रतियोगीतामा करुणा श्रेष्ठ फष्टरनरअप, रोजीना राई सेकेन्ड रनर अप र रीतिका लिम्बु थर्ड रनरअप चुनिए । यी तीन मध्य श्रेष्ठले बेष्टस्पिच र बेस्टवाक, राइले मस्टकन्फिडेन्ट, भ्युअर्सच्वाइ र मस्टपपूलर उपाधि बिजेता घोषित हुँदा लिब्बुले मस्टचार्मिङ्गमा उपाधिमा चित्त बुझाइन् ।
युवतीहरुको प्रतिभा निखार्दै उनीहरुको भबिष्य निर्माणमा महत्वपुर्ण योगदान पुर्याउने उदेश्य प्रतियोगीताको रहेको आयोजक ग्ल्याम वल्र्डका आशिष मिश्रले जानकारी दिए ।
स्मृती कार्की संयोजक र अश्विनी झा कोरियोग्राफर तथा कार्यक्रम संञ्चालक रहेको प्रतियोगीतामा मस्टट्यालेन्ट दिपिकाश्रेष्ठ, बेस्ट हेअर अनिशा शाही, बेस्ट स्किन रीतिशा खड्गी, बेस्ट पर्सनालीटी रश्मी अधिकारी, बेष्टफिटनेश यूविका राई, मस्ट फ्रेन्डली सम्झना चौधरी, मिस कन्जेनियालीटी रजनी बम्जन, मस्टडिसिप्लिन ज्ञानु लामा, मस्टएक्टिभ श्रेया खड्का, मस्टफोटोजेनिक रश्मी अधिकारी, फेसबुक च्वाईस दीपिका श्रेष्ठ, बेस्ट डान्सर रविना सिंह ठकुरी, मस्टआईकोनिकआईज अलिशा खड्काले उपाधि हात पारे ।
हिस्सानका अध्यक्ष तथा गोल्डेन गेट ईन्टरनेशनलका सिईओ रमेश सिलवाल, अभिनेत्री खुश्वु खड्का, संगीतकार सरोज प्याकुरेल, मिसेस नेपाल ईन्टरनेशनल बिजेता सुरुची पाण्डे, पत्रकार सुर्य चन्द लगायत प्रतियोगीताको निर्णायकमा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij