२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सानिमा बैंकको एकै पटक सात नयाँ शाखा सञ्चालनमा

सानिमा बैंकको एकै पटक सात नयाँ शाखा सञ्चालनमा

1.6K
Shares

अर्थ नेपाल संवाददाता
काठमाडौं/सानिमा बैंकले एकैपटक सातवटा सञ्चालनमा ल्याएको छ । बैंकले डडेलधुराको अमरगढी, कैलालीको टिकापुर, पाल्पाको तान्सेन, उदयपुरको गाईघाट, सप्तरीको राजबिराज, इलामको माई र इलाम (बजार) नयाँ शाखा कार्यालय स्थापना गरेको हो ।
बैंकको अमरगढी र टिकापुर शाखा कार्यालय बैंकका ब्राण्ड प्रवद्र्धक वरिष्ठ कलाकार हरीवंश आचार्य र संचालक भरतबहादुर थापाले संयुक्त रुपमा उद्घाटन गरे भने तानसेन शाखा कार्यालयको श्रेष्ठ, आचार्य तथा संचालक भरत बहादुर थापाले उद्घाटन गरेका हुन् ।
शाखा उद्घाटन कार्यक्रममा बोल्दै बैंकका संचालक थापाले ग्राहकको थप सेवा तथा सुविधाका लागि बैंकले शाखा बिस्तार गर्दै जाने नीति लिएको बताए ।
बैंकका हाल ५८ शखा, १ एक्सटेन्सन काउन्टर र ६७ एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij