२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्रपति कसलाई बनाउने भन्नेबारे अहिले टुंगो लागेको छैन – एमाले उपाध्यक्ष रावल

राष्ट्रपति कसलाई बनाउने भन्नेबारे अहिले टुंगो लागेको छैन – एमाले उपाध्यक्ष रावल

1.1K
Shares

  • अर्थ नेपाल संवाददाता

काठमाडौं /राष्ट्रपति कसलाई बनाउने भन्नेबारे अहिले कुनै टुंगो लागि नसकेको नेकपा एमालेका उपाध्यक्ष भीम रावलले बताएका छन् ।
मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै रावलले भने ,‘राष्ट्रपति कसलाई बनाउने भन्नेबारे अहिले टुंगो लागेको छैन, स्थायी कमिटीमा पनि छलफल गर्छौं, माओवादी केन्द्रसँग पनि छलफल गर्छौं, अन्तिम टुंगो लाग्न बाँकी छ।’
यसका साथै उनले फागुन २५ गतेभित्रै एमाले–माओवादी केन्द्रबीचको एकतासम्बन्धी अन्तरिम विधान र राजनीतिक प्रतिवेदन टुंगो लगाउने र चैतको पहिलो हप्ताभित्रै बृहत एकता घोषणा गर्ने स्पष्ट पारेका छन्।
उनले भने,‘फागुन २५ गतेभित्रै हामी विधान र प्रतिवेदन टुंगो लगाउछौं, त्यसपछि एकता बृहत रूपमा घोषणा गर्छौं, सम्भवतः एकता चैतको पहिलो हप्तामै हुन्छ, यदि ढिलो भयो भने पनि दोस्रो हप्ताभित्रै घोषणा हुन्छ, हामी त्यही अनुसार तीव्र तयारीमा जुटेका छौं।’
उनले एकता महाधिवेशन सकेसम्म एक वर्षभित्रै सम्पन्न गर्ने पनि जनाए। उनले भने,‘दुई वटा अलग–अलग पार्टी एकताको प्रक्रियामा भएकोले हामीहरू दुवै कार्यदल अहिले आन्तरिक कार्यमा व्यस्त छौं, अन्तरिम विधान लेखन सुरू गरिसकेका छौं, राजनीतिक प्रतिवेदन पनि सँगसँगै अघि बढाइरहेका छौं, फागुन २५ गतेसम्म टुंगो लगाउँछौं।’
विधान र प्रतिवेदन टुंगो लागेपछि एकता संयोजन समितिबाट अनुमोदन गर्ने र त्यसपछि दुवै पार्टीले आ–आफ्नो केन्द्रीय कमिटीबाट अनुमोदन गर्ने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij