२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कास्कीको बिरौटामा एनसिसि बैंकको नयाँ शाखा स्थापना

कास्कीको बिरौटामा एनसिसि बैंकको नयाँ शाखा स्थापना

1.4K
Shares

  • अर्थ नेपाल संवाददाता

कास्की/ कास्कीको पोखरा लेखनाथ महानगरपालिका, वडा नं. १७, बिरौटामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकले नयाँ शाखा कार्यालय स्थापना गरेको छ । सोमबार उक्त शाखाको उद्घाटन पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मान बहादुर जी.सी.ले गरेका हुन् ।
उद्घाटन कार्यक्रममा प्रमुख जिसीले विधि विधानलाई आत्मसाथ गरी बैंक सफल हुने हुँदा एनसीसी बैंकले पनि सोही कुरा अवलम्बन गरी अगाडी बढ्न सुझाव दिए । त्यस्तै वडा नं. १७ का वडाध्यक्ष तीर्थ राज अधिकारीले बैंकको प्रगतिको लागि शुभकामना दिए ।
एनसीसी बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले स्थापना भएको शाखाले कृषि र पर्यटन उद्योगमा हुने लगानीलाई जोड दिने, गुणस्तरीय र उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
बैंक संचालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले स्थानीयवासिन्दा, जन प्रतिनिधि र समस्त उद्योग व्यवसायीको सहयोग र शुभेच्छा भए बैंकले उत्कृष्ट बैंकिङ्ग सेवा प्रदान गर्नेबताए ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्व शंकर पालिखे, निर्माण व्यवसायी संघ कास्कीका वरिष्ठ उपाध्यक्ष सुरेश श्रेष्ठ, पोखरा लेखनाथ महानगरपालिका कार्यपालिका सदस्य ओम प्रसाद गौचनको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij