२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्रिय बीमा कम्पनीले लाभांश दिने

राष्ट्रिय बीमा कम्पनीले लाभांश दिने

4K
Shares

अर्थ नेपाल संवाददाता

काठमाडौं /राष्ट्रिय बीमा कम्पनीले एक सय २५ प्रतिशत लाभांश दिने भएको छ । आर्थिक वर्ष २०६७/६८ र २०६८/६९ को नाफाको आधारमा कम्पनीले बोनस सेयर दिन लागेको हो ।

कम्पनीले २०६८/६९ चुक्ता पुँजी २६ करोड ६६ लाख रुपैयाँको आधारमा १ सय २० प्रतिशत बोनस सेयर र ५.२६ प्रतिशत नगद लाभांश दिने भएको हो । कम्पनीको फागुन १० गते बसेको सञ्चालक समितिको बैठकले गरेको यो निर्णय बीमा समितिबाट स्वीकृत र साधारण सभाबाट पारित हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij