२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कुख्यात अपराधी शोभराजलाई आधा कैद छुट

कुख्यात अपराधी शोभराजलाई आधा कैद छुट

1.1K
Shares

काठमाडौं / चौध वर्षदेखि जन्मकैदको सजाय भोगिरहेका अन्तर्राष्ट्रिय कुख्यात अपराधी चाल्र्स शोभराजलाई सर्वोच्च अदालतले कैद सहुलितय प्रदान गरेको छ।

दुई जना विदेशी पर्यटकको हत्या गरेका कारण शोभराजलाई प्रति हत्या बीस वर्षका दरले सजाय गर्नुपर्ने वा नपर्ने भन्ने विवादमा सर्वोच्च अदालतका न्यायाधीशद्वय केदारप्रसाद चालिसे र डा. आनन्दमोहन भट्टराईको संयुक्त इजलासबाट सहुलियत प्रदान गर्ने फैसला भएको हो।

फैसलापछि अब शोभराजले दुई हत्यामा २० वर्षका दरले ४० वर्ष कैद भुक्तान गर्नुपर्ने बाध्यता नभइ दुवै मुद्दामा जम्मा २४ वर्ष कैद बसे हुने भएको छ।

‘द सर्पेन्ट किलर’को रुपमा कुख्यात शोभराज अमेरिकी नागरिक कोन्निजो ब्रोन्जिच र क्यानेडियन नागरिक लरेन्ट अरमान्ड क्यारियरेको ०३२ मा भएको हत्या अभियोगमा २०६० मा नेपालमा पक्राउ परी कैद सजाय भोगिरहेका छन्।

नागरिक दैनिक 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij