करातेका सफल खेलाडी तथा दक्षिण एसियाली खेलकुद (साग)का दुई स्वर्ण विजेता दीपक श्रेष्ठ अहिले नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघको अध्यक्षको हैसियतमा खेलाडीहरुको हक अधिकारको लागि सक्रिय छन् । फुटबलबाट खेल जीवन सुरु गरेका श्रेष्ठलाई विश्वसामु भने कराते खेलले परिचित गरायो । सानैदेखी खेल प्रति मोह भएका श्रेष्ठ पढ्न भन्दा पनि खेलमा रमाउने गर्दथे । चापागाउँमा बाल्यकाल विताएका श्रेष्ठ परिवारको चाहना विपरित खेल क्षेत्रमा लागेका हुन । आज उनले आफ्नो मात्र होइन सिंगो देशको नाम विश्वसामु चिनाउन सफल छन् ।
खेल प्रतिको चाहना देखेर उनका अंकलले उनलाई चर्चित क्लब थ्रिस्टारमा खेल्ने व्यवस्था मिलाई दिए । उनले कडा मेहनतका साथ फुटबलको प्रशिक्षण लिइरहेका थिए । फुटबल प्रशिक्षणका लागि उनी साइकलमा दैनिक १४ किमीको यात्रा गर्दथे । उनको कडा मेहतनको कारण उनी सिनियर टिममा रहेर प्रशिक्षण लिइरहेका बेला विरामी भए । लामो समय विरामी भए पछि उनको परिवारले फुटबल खेल्न रोक लगाए । टाइफाइडको सिकार भएपछि उनको जीवनले नयाँ मोड लियो । गाउँकै अग्रज मिनकृष्ण मर्हजनको प्रेरणा र सहयोगले उनी कराते खेलप्रति आर्कषित हुन पुगे । उनको जीवनको नयाँ युगको आरम्भ भयो । केहि समय चापागाउँमा नै प्रशिक्षण लिएका दीपकलाई मिनकृष्ण महर्जनले दशरथ रंगशालामा करातेका प्रशिक्षण लिने व्यवस्था मिलाईदिए । त्यतिबेलासम्म कराते खेलको बारेमा उनी अनविज्ञ थिए । तर उनको कडा मेहनत र परिश्रमको कारण सफल करातेको खेलाडी बन्न सफल भए । सुरुमा श्रेष्ठ खेल क्षेत्रमा केहि गर्छु भन्दा पनि रहरका लागि खेल्ने गर्दथे । त्यहि रहर नै जिवनको कोशेढुंगा भयो । नियमित रुपमा प्रशिक्षणमा सक्रिय भएर लागे ।

करातेका सर्वाधिक सफल खेलाडीे श्रेष्ठ विभिन्न मानसम्मान र पदवीबाट पटकपटक सम्मानित भएका छन् । सुप्रबल गोरखा दक्षिण बाहु, (राजा वीरेन्द्र ०५६), विख्यात त्रिशक्ति पट्ट (राजा ज्ञानेन्द्र ०६१), राखेपबाट वेष्ट प्लेयर अवार्ड (युवराज पारस ०६०), महर्जन निर्माण सेवाबाट पल्सर बाइक (सन् २०१०) र नेविको प्रालिबाट २८ लाख पर्ने ट्रिपर (सन् २०१०) मा पुरस्कार स्वरूप प्राप्त गरेका थिए । सफलताको शिखर चढेका श्रेष्ठ भन्छन्–‘ जिवनमा जति उपलब्धी पाएको छु त्यो खेल क्षेत्रबाटै हो । परिवारको चाहनामा हिडेको भए सामान्य जागिरे मात्र हुन्थे हो ।’ खेलाडीसगैं उनले विभिन्न समयमा खेल प्रशिक्षकको रुपमा पनि काम गरेका छन् । श्रेष्ठले राष्ट्रिय खेलकुद परिषद्को २०६१ सालमा राष्ट्रिय टिमको सहायक प्रशिक्षक, २०६८ सालमा मुख्य प्रशिक्षक भएर प्रशिक्षण पनि दिएका छन् । उनले विभागिय टोली नेपाल पुलिस क्लवमा कराते प्रशिक्षकको रुपमा २०६५ देखी ६७ सम्म काम गरेका थिए । त्यसका साथै उनले विभिन्न विद्यालयहरुमा पनि कराते प्रशिक्षकको रुपमा काम गरेका छन् । सफल खेलाडीको परिचय बनाएका दीपकले देश तथा विदेशबाट प्रशिक्षण लिएर आफुलाई निखारेका छन् । १६ भन्दा राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलमा उनले मेडल जितेका छन् ।
कुनै पनि क्षेत्रमा निरन्तर लागेको खण्डमा सफल भइन्छ भन्ने उदाहरण हुन दीपक श्रेष्ठ । उनले गरेको कडा मेहनतको प्रतिफल आज पाएका छन् । कराते खेलाडीको जिवनलाई नजिकबाट बुझेका श्रेष्ठ भन्छन– ‘हिजोको भन्दा आज खेलाडीको सेवा सुविधा राम्रो भएको छ ।
[highlight bgcolor=”#ffffff” txtcolor=”#dd3333″]करातेका सर्वाधिक सफल खेलाडीे दीपक विभिन्न मानसम्मान र पदवीबाट पटकपटक सम्मानित भएका छन् । सुप्रबल गोरखा दक्षिण बाहु, (राजा वीरेन्द्र ०५६), विख्यात त्रिशक्ति पट्ट (राजा ज्ञानेन्द्र ०६१), राखेपबाट वेष्ट प्लेयर अवार्ड (युवराज पारस ०६०), महर्जन निर्माण सेवाबाट पल्सर बाइक (सन् २०१०) र नेविको प्रालिबाट २८ लाख पर्ने ट्रिपर (सन् २०१०) मा पुरस्कार स्वरूप प्राप्त गरेका थिए ।[/highlight]
सरकारी तथा अन्य क्षेत्रबाट राम्रो खेल्ने खेलाडीको लागि सेवा सुविधा राम्रो छ । तर खेल क्षेत्रमा केहि गर्छु भन्ने खेलाडी हिजो भएपनि आज त्यस्तो छैन् ।’ तिस चालिस वर्ष अगाडीकै खेल संरचना बाहेक कुनै नयाँ संरचना बनेको छैन् । यसबाट पनि खेल क्षेत्रमा कति विकास भएको देख्न सक्ने उनी बताउँछन् । आज खेल क्षेत्रको नेतृत्व लिएका व्यक्तिहरुले राजनीतिक स्वार्थमा लाग्दा खेल क्षेत्र धरासायी हुँदै गएको उनी बताउँछन् । खेल क्षेत्रका नेतृत्वकर्ता खेलाडीको भन्दा पनि आफ्नो स्वार्थमा लाग्द खेल क्षेत्रले सोचे जस्तो परिणाम ल्याउन नसकेको श्रेष्ठको दावी छ । अहिले नियमित प्रतियोगिता नहुँदा खेलाडी अन्यौलग्रस्त अवस्थमा रहेको उनले देखेका छन् । आफ््नो जिवन राष्ट्रको लागि काम गरिरहँदा खेलाडीको लागि पनि राज्यले जिवन सुरक्षाको लागि पनि सोच्नु पर्ने हो तर त्यो भने हुन सकेको देखिदैन । यसले पनि नेपालले अन्तराष्ट्रिय क्षेत्रमा खेलकुदमा सफलता हासिल गर्न सकेको छैन् । खेलाडीको जिवन सुरक्षित छ है भन्ने प्रत्याभुति राज्यले दिनु पर्ने दीपक बताउँछन् । पदक विजेता खेलाडीलाई केहि सेवा सुविधा दिए पनि खेलाडीलाई खेल्न सक्ने वातावरण बनाउनु पर्दछ ।
खेलाडी संघको अध्यक्ष भएको नाताले पनि उनी खेलाडीको हक, अधिकारको लागि सरकारसंग निरन्तर संघर्ष गरिहेका छन् । बुबा हरि श्रेष्ठ र आमा सानुमाया श्रेष्ठका कोखबाट जन्मिएका श्रेष्ठ श्रीमती र छोरीका साथ खुशी जिवन बिताइरहेका छन् ।
प्रस्तुति : मनोज थापा
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij