
अर्थ नेपाल संवाददाता
काठमाडौं/ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बेबी लाईफ होमलाई रू एक लाख पचास हजारको आर्थिक सहयोग उपलब्ध गराएको छ । होमले करिब एक दशक देखि एच ।आई भी संक्रमित अबोध बालबालिकालाई लालनपालन,स्वास्थ्य उपचार,शिक्षा,मनोरंजन प्रदान गर्दै आएको छ । बेबी लाईफ होममा रहेका २३ जना एच .आई भी संक्रमित बालबालिकाको शिक्षा तथा स्वास्थ्य उपचारमा उक्त रकम खर्च गर्ने संचालक राज कुमार पुनले बताए ।
बैंकले आफ्नो एघारौ बार्षिक उत्सवको उपलक्ष्यमा संस्थालाई उक्त आर्थिक सहयोग प्रदान गरेको हो । प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीको उपस्थितिमा रू एक लाख पचास हजारको चेक संस्थाका संचालक राज कुमार पुनलाई हस्तान्तरण गरिएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij