
अर्थ नेपाल संवाददाता
पोखरा/नेपाली लोक सँस्कृति बचाऔं अभियानका साथ क्रियाशील हिमाली साँस्कृतिक परिवारको २१ औं वार्षिकोत्सव विविध कार्यक्रमका गरि सम्पन्न भएको छ ।
हिमाली साँस्कृतिक परिवारले आफ्नो वार्षिकोत्सवमा शिक्षा क्षेत्रमा लामो समयदेखि योगदान पु¥याएका पृथ्वीनारायण क्याम्पसका पुर्व क्याम्पस प्रमुख, शिक्षाविद गणेशबहादुर गुरुङलाई अभिन्नदन र पुरानो एवं ओझेलमा परेकी पोखरा बाटुलेचौरकी गायिका हरिमाया गायकलाई परिवारका अध्यक्ष रुपेन बाबु स्मृति पुरस्कारबाट सम्मान गरिएको थियो ।
अभिनन्दित शिक्षाविद गुरुङलाई कार्यक्रमका प्रमुख अतिथि कर्णेल जेपी क्रस, परिवारका प्रमुख संरक्षक चेतन कार्की र तमु धिं नेपालकी अध्यक्ष कर्म गुरुङले अभिनन्दन पत्र, दोसल्ला, खादासहित अभिनन्दन गरेका थिए ।
यसरी नै परिवारका अध्यक्ष रुपेन बाबु स्मृति पुरस्कारबाट सम्मानित प्रतिभावान पुराना कलाकार हरिकला गायकलाई प्रमुख अतिथि जेपी क्रस, प्रमुख संरक्षक चेतन कार्की र परिवारद्धारा मानार्थ सदस्यबाट सम्मानित महेश गुरुङले १० हजार ५ रुपैयाको थैली, सम्मानपत्रसहित दोसल्लाबाट सम्मान गरिएको थियो । यसैविच २०२३ सालमा लोकगायन अन्तर अञ्जच प्रतियोगितामा प्रथम भएकी गायकलाई परिवारकी मानार्थ सदस्य बोलमाया गुरुङको तर्फबाट ५ हजार रुपैयाले सम्मान गरिएको थियो ।
अभिनन्दित शिक्षाविद गणेशबहादुर गुरुङले संस्कृतिको धनि देश नेपालको लोकसँस्कृतिको संरक्षणमा हिमाली साँस्कृतिक परिवारको ठुलो योगदान रहेको भन्दै अत्यन्तै गौरवशाली संस्थाबाट अभिनन्दित हुन पाएको खुशी व्यक्त गरे । कार्यक्रममा सम्मानित हरिकला गायकले भने गीत प्रस्तुत गरेकी थिइन ।
कार्यक्रममा प्रमुख अतिथि समाजसेवी कर्णेल जेपी क्रसले आफ्नो ७३ वर्षको नेपाल बसाईमा धेरै महत्वपुर्ण कार्यक्रमहरु मध्ये शिक्षाविद गणेशबहादुर गुरुङ जस्ता व्यक्तित्वलाई अभिनन्दन गर्न पाउनु अत्यन्तै गौरब महसुस गरेको बताए ।
कार्यक्रममा संस्थाका मानार्थ सदस्य महेश गुरुङले संस्थाका संस्थापक अध्यक्ष रुपेन बाबुको स्मृतिमा कलाकार सम्मानका लागि तीनवर्ष सम्म वर्षेनी १० हजार ५ रुपैया प्रदान गर्ने घोषणा गरे । कार्यक्रम परिवारका अध्यक्ष मेनकाजी गुरुङको अध्यक्षतामा भएको थियो । सो अवसरमा हिमाली साँस्कृतिक परिवारका कलाकारहरुले विविध साँस्कृतिक प्रस्तुतिहरु गरेका थिए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij