
अर्थ नेपाल संवाददाता
काठमाडौं /पर्यटकीय केन्द्र ठमेलको सात घुम्तिमा नेपाल बंगलादेश बैंक लिमिटेडले नयाँ एटीएम सेवा सञ्चालनमा ल्याएको छ ।
बैंकका महाप्रवन्धक सुरेन्द्रभुषण श्रेष्ठले एटीएम सेवाको शुभारम्भ गरे । यस सेवाले ठमेल क्षेत्रका व्यवसायी र बैंकका अन्य सेवाग्राहीलाई राहत पुग्ने बैंकको विश्वास छ । बैंकको यो ५० औं एटीएम सेवा हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij