२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बैंकिंग क्षेत्रको विकासमा जोड

बैंकिंग क्षेत्रको विकासमा जोड

3.7K
Shares

अर्थ नेपाल संवाददाता 

काठमाडौँ/ देशमा राजनीतिक स्थिरतासँगै आर्थिक समृद्धिको कुरा उठिरहेको बेला बैंकिंग तथा वित्तीय क्षेत्रको विकासका लागि सरकारले सहयोग गर्नुपर्नेमा व्यवसायीहरुले जोडदिएका छन् ।

उनीहरुको बैंकिंग एक्सपोबाट आर्थिक क्षेत्रमा काम गर्ने तथा अभिरुचि राख्ने जिज्ञासुलाई केही सन्देश दिइने भए पनि संगठित रुपमा देशको आर्थिक विकास गर्न सरकार तथा निजी क्षेत्र संयुक्त रुपमा मिलेर काम गर्नुपर्ने धारणा थियो ।

भृकुटीमण्डपमा सञ्चालन भइरहेको सेकेण्ड बैंकिंग एक्सपो–२०१८ मा सहभागी व्यवसायीहरुसँगको कुराकानीमा उनीहरुले सो धारणा राख्नुभएको हो । रासससँग कुरा गर्दै सानिमा बैंकका प्रबन्धक नरेन्द्र देवकोटाले देशव्यापी रुपमा बैंकहरुको वृद्धिका बाबजुद बैंकिंग कारोबारमा खासै कुनै समस्या नभएको बताउनुभयो ।

देशव्यापी रुपमा ५१ शाखा रहेको सानिमा बैंकले प्रदर्शन कक्षमार्फत ग्राहक तथा सर्वसाधारणमा बैंकमा बचत गर्ने तथा आर्थिक क्षेत्रमा कार्यरत संस्थालाई ऋण उपलब्ध गर्ने बारेमा सन्देश प्रवाह गर्ने उद्देश्य राखेको बताउनुभयो । उहाँले आर्थिक क्षेत्रमा स्वच्छ प्रतिस्पर्धा भएकाले बैंकमा वित्तीय जागरण आएको बताउनुभयो ।

प्रभु इन्सुरेन्स लिमिटेडका डेपुटी मार्केटिंग मेनेजर मीनु श्रेष्ठले आफ्नो संस्थाले निर्जीवन बीमाको महत्वबारे व्यवसायीलाई जानकारी दिन प्रदर्शन कक्ष राखेको जानकारी दिनुभयो ।
आयोजक मिडिया इन्टरनेशनलका कक्ष नियमन अधिकारी विजय पराजुलीले शुक्रबारदेखि सञ्चालन भइरहेको बंैकिंग एक्सपोमा विभिन्न ५१ वटा स्टल रहेको जानकारी दिनुभयो । उहाँले ७५ जिल्लामा बैंकिंग कारोबार पु¥याउने उद्देश्यले एक्सपो सञ्चालन भएको र एक्सपोमा बैंक, शेयरको कारोबार हुने स्टक तथा बीमा कम्पनीहरुको सहभागिता रहेको बताउनुभयो ।

पराजुलीले देशको विकासका लागि आर्थिक क्षेत्रमा कार्य गर्ने संस्थाहरुको विकास आवश्यक भएको उल्लेख गर्नुभयो । कृषि विकास बैंक, सिबिआइएल क्यापिटल लिमिटेड, इन्भेष्टमेन्ट एण्ड फाइनान्स क लि, वित्तीय सूचना दिने अनलाइनहरु कक्षमा दर्शकको आकर्षण रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij