
अर्थ नेपाल संवाददाता
काठमाडौं/सोलुखुम्बु जिल्लाको नेचा सल्यानमा प्राइम कमर्सियल बैंकले नयाँ शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको बैंकका संचालक गजेन्द्र विष्ट र दूधकुण्ड नगरपालिककाका मेयर नाम्गेल शेर्पाले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
शाखा उद्घाटन कार्यक्रममा बोल्दै संचालक विष्टले देशका ग्रामीण क्षेत्रमा समेत बैंकिङ पहुँच पुर्याउने उद्देश्य अनुरुप सोलुखुम्बु जिल्लामा बैंकले शाखा विस्तार गरेको बताए । ‘प्राइम कमर्सियल बैंकलाई एक सबल र सक्षम बैंकको रुपमा स्थापित गर्दै देशका हरेक क्षेत्रमा बैंकिङ सेवा पुर्यारहेका छौं,’ उनले भने, ‘भरपर्दो र विश्वासिलो बैंकको रुपमा प्राइम कमर्सियल अग्र स्थानमा रहेको छ ।’
बैंकको शाखा संख्या ५५ पुगेको छ । बैंकले निकट भविश्यमा शहर र ग्रामणी भेगलाई केन्द्रित गर्दै थप २० वटा शाखा विस्तार गर्ने जानकारी दिएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij