२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

सामसुङको जे सेवेन एनएक्स्टी स्मार्टफोन २२ हजारमा

सामसुङको जे सेवेन एनएक्स्टी स्मार्टफोन २२ हजारमा

2.3K
Shares

अर्थ नेपाल संवाददाताकाठमाडौं/सामसुङले नेपाली बजारमा ग्यालेक्सी जे सेवेन एनएक्स्टी सार्वजनिक गरेको छ । सार्वजनिक नयाँ फोनमा ५.५ ईञ्चको एचडी एसएमोलेड स्क्रिनको प्रयोग गरिएको छ । यसले विस्तृत विवरण र वास्तविक रंग सम्प्रेशन गरी प्रयोगकर्तालाई उत्कृष्ट दृश्यानुभव प्रदान गर्छ ।ग्यालेक्सी जेसेवेन एनएक्स्टीमा सहज परिचालनअ अनुभवका लागि शक्तिशाली एक्जिनोस ओक्टा कोर प्रोेशेसर १.६ जीएचजेड प्रोसेसरको प्रयोग गरिएको छ । यसमा रहेको अत्याधुनिक अक्टाकोर प्रोसेसर र ३ जीबी र्यामले डाउनलोड गर्न, गेम खेल्न, एकबाट अर्को एप्समा स्विच गर्ने लगायत कार्य सहजरुपमा गर्न सघाउँछ ।फोनमा आन्तरिक सञ्चय क्षमताका लागि ३२ जीबी क्षमताको रोम उपलब्ध गरिएको छ । प्रयोगकर्ताले आवश्यकता पर्दा आफ्नो ईच्छा अनुसार एसडी कार्डको माध्यमबाट यसलाई २ सय ५६ जीबी सम्म बढाउन सक्छन् ।सार्वजनिक ग्यालेक्सी जेसेवेन एनएक्स्टीमा अदृतिय अनुभवका लागि एण्ड्रोइड नोउगट सञ्चालन प्रणालीको प्रयोग गरिएको छ । मल्टि विण्डो सपोर्टदेखि नयाँ ईमोजी तथा नोटिफिकेशन्सको सिधै जवाफ दिने कार्य लगायतका लागि नोउगटले सहजता प्रदान गर्छ ।फोनमा कम्पनीले सेल्फी तथा रियर सटमा उत्कृष्टताका लागि दूई ओटा शक्तिशाली क्यामेरा जडान गरेको छ ।रियर सटका लागि फोनमा एफ १.९ एपर्चर सहितको १३ मेगापिक्सेल क्षमताको क्यामेरा उपलब्ध गरिएको छ । त्यसैगरी, सेल्फीका लागि एफ २.२ एपर्चर सहितको ५ मेगापिकसेल क्षमताको क्यामेरा जडान गरिएको छ ।फ्रण्ट क्यामेरामा अँध्यारोमा समेत उत्कृष्ट सट लिन सकियोस् भन्ने सोचका साथ एलइडी फ्ल्यासको समेत ब्यवस्था गरिएको छ । साथै, हरेक सेल्फीमा उत्कृष्टताका लागि फ्रण्ट क्यामेरामा कम्पनीले ब्यूटि मोडपनि उपलब्ध गरेको छ । यो फिचरले अनुहारका चारित्रिक गुणलाई थप उजागर तथा उज्यालो देखाउन सघाउने कम्पनीको दावी छ ।तस्विरलाई अझ आकर्षक देखाउन क्यामेरामा बोके ईफेक्टको ब्यवस्थापनि रहेको छ । यो फिचरले सेल्फीलाई सहजै पोट्र्रेटमा ढाल्न सघाउँछ ।अत्याधुनिक प्रविधि तथा नवप्रबर्तनात्मक फिचर्सका साथै फोनलाई थप आकर्षक देखाउने सोचका साथ यसमा उत्कृष्ट तवरले (फ्ललेसली)क्राफ्ट गरिएको यूनिफाइड कलर स्किमको प्रयोग गरिएको छ ।फोनमा उपलब्ध गरिएको प्याटर्नड् ब्याकले यसलाई हत्केलामा बोक्दा सहज तथा आरामदायी अनुभव प्रदान गर्छ । समग्रमा भन्नु पर्दा फोनमा उपलब्ध गरिएको डिजाइनले प्रयोगकर्तालाई प्रिमियम अनुभव प्रदान गर्छ ।फोनको प्रयोग दिनभर गर्नुपर्दा ब्याट्रीका कारण उत्पन्न हुन सक्ने समस्यालाई विशेष दृष्टिगत गर्दै कम्पनीले फोनमा ३ हजार एमएएच क्षमताको शक्तिशाली रिमुभेवल ब्याट्रीको प्रयोग गरिएको छ ।कम्पनीका अनुसार फोनमा प्रयोग गरिएको ब्याट्रीले १३ घण्टा सम्म निरन्तर ईन्टरनेट प्रयोग (वाईफाई), १७ घण्टा सम्म भिडियो प्लेब्याक, ८० घण्टा सम्म अडियो प्लेब्याक र २१ घण्टा सम्मको टक टाइम दिने क्षमता राख्छ ।यसको मूल्य २१ हजार ९ सय ९० निर्धारण गरिएको ग्लालेक्सी जेसेवेन एनएक्स्टी कम्पनीले सिल्भर, गोल्ड र ब्ल्याक गरी तीन भिन्न रंगमा सार्वजनिक गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij