
काठमाडौं /काठमाडौंको रातोपुलमा नेपाल क्रेडिट एण्ड कमर्स बैंकले नयाँ शाखा स्थापना गरेको छ। उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले गरेका छन् । बैंकको हालसम्म ८० वटा शाखा संचालनमा रहेका छन्।
उक्त समारोहमा शिवाकोटीले वित्तीय क्षेत्रमा बैंक तथा ग्राहकहरुले सुशासन कायम गर्नुपर्नेमा जोड दिए। ग्राहकसमक्ष बैंक नै पुग्नुपर्ने बताउँदै उनले वित्तीय साक्षरताको लागि पनि भूमिका खेल्नुपर्ने बताए।
बैंक संचालक समितिका अध्यक्ष उपेन्द्र केशरी न्यौपानेले राष्ट्र बैंकको नीति तथा निर्देशनहरुलाई पूर्ण रुपमा पालना गर्दै आगामी दिनहरुमा दुर्गम क्षेत्रमा पनि सेवा विस्तार गर्ने प्रतिवद्धता व्यक्त गरे।
बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्यालले बैंक तोकिएको चुक्ता पूँजी ८ अर्ब पु¥याउने प्रक्रृयामा गई सकेको जानकारी दिए।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij