२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

निर्माण व्यवसायी संघमा राजेश्वर राय प्यानलसहित विजयी

निर्माण व्यवसायी संघमा राजेश्वर राय प्यानलसहित विजयी

2K
Shares

 

अर्थ नेपाल संवाददाता
महोत्तरी /निर्माण व्यवसायी संघ महोत्तरीको अध्यक्षमा राजेश्वर राय प्यानलसहित विजयी भएका छन्।
जिल्लाको सदरमुकाम जलेश्वरमा गए राति अबेर सम्पन्न संघको निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वी मुनेश्वर चौधरीलाई २९ मतले पराजित गर्दै राय विजयी भएका हुन्।
सम्पन्न निर्वाचनमा अध्यक्ष पदमा राजेश्वर रायले ७७ मत ल्याउँदै विजयी भएका छन् भने उनको प्रतिद्वन्द्वी मुनेश्वर चौधरीले ४८ मत ल्याएका थिए ।
त्यस्तै, उपाध्यक्षमा अमितकुमार साह , द्वितीय उपाध्यक्षमा सोवीन्द्र चौधरी, सचिवमा विमलेशकुमार सिंह, उपसचिवमा विकासकुमार भगत र कोषाध्यक्ष पदमा अरुणकुमार झा विजयी भएका छन्।
त्यसैगरी, सदस्यहरूमा लवकुमार झा, तेजनारायण सिंह , राजेन्द्र यादव, चुनाबहादुर कोइराला र बबिताकुमारी साह विजयी भएका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij