२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लाइफ इन्स्योरेन्स कर्पोरेसन र सिभिल बैंकबीच सम्झौता

लाइफ इन्स्योरेन्स कर्पोरेसन र सिभिल बैंकबीच सम्झौता

2.4K
Shares

अर्थ नेपाल काठमाडौं /सिभिल बैंक र लाइफ इन्स्योरेन्स कर्पोरेसनबीच बीमा सेवाको सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र एलआइसी नेपालको तर्फबाट प्रमुख कार्यकारी अभिजित घोष दस्तिदारले हस्ताक्षर गरे।

सम्झौताअनुसार बैंकले एलआइसी नेपालको विविध जीवन बीमा योजनाहरु आफ्ना ग्राहकलाई प्रदान गर्नेछ। यसबाट ग्राहक लाभान्वित हुने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए। बैंकले यसअघि निर्जीवन बीमा सेवा पनि उपलब्ध गराउँदै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij