२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

चलचित्र “साली कस्को भेनाको”को निर्माण हुने

चलचित्र “साली कस्को भेनाको”को निर्माण हुने

1.3K
Shares

अर्थ नेपाल काठमाडौं /अब चलचित्र “साली कस्को भेनाको”को निर्माण हुने भएको छ । चितवनका पुराना निर्माता प्रसाद श्रेष्ठको प्रस्तुति रहने “साली कस्को भेनाको”लाई भद्र भुजेलले निर्देशन गर्ने भएका छन् ।प्रसाद श्रेष्ठले यस अघि कर्जा ,कान्छी ,सन्तान जस्ता सफल चलचित्र निर्माण गरिसक्नु भएको छ ।
माघ २ गते चितवनमा शुभ मुर्हत गरेर छायांकन सुरु गरिने”साली कस्को भेनाको”को छायांकन चितवन र धम्पुसमा गरिने छ ।कलाकार पुष्प आचार्यको कथा रहेको यस चलचित्र प्रसाद श्रेष्ठ ,सुरज शाही ठकुरी र मिन घलानको संगीत रहने छ ।
चलचित्रमा विल्सन विक्रम राई , सुष्मा कार्की ,मरिष्का पोखरेल,रजनी गुरुङ ,प्रिया रिजाल, जयनन्द लामा ,कविता आले,पुस्कर गुरुङ लगायतका कलाकारहरुको मुख्य भूमिका रहने छ ।यसै चलचित्र बाट दीपा सागरले नायकको रुपमा डेब्यु गर्दैछन् ।
मानविय समबेदना माथि निर्माण गरिन लागिएको “साली कस्को भेनाको” कमेडी तथा पारिवारिक चलचित्र हो ।यस चलचित्रमा मगर जतिको सस्कृतिमा साली र भेना बिचको सम्बन्धलाई देखाउना खोजिएको छ ।
दिर्घ गुरुङको छायांकन रहने यस चलचित्रमा बसन्त श्रेष्ठ, गम्भीर बिष्ट र सुमित लामा को नूत्यनिर्देशन रहने छ ।चलचित्र ुसाली कसको भेनाकोुलाई सुनिल कुमार न्यात्स्यो ,बिशाल श्रेष्ठ ,उमेश अधिकारी र मुक्ति अधिकारीले मिलेर निर्माण गर्न लागेका हुन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij