
अर्थ नेपाल काठमाडौं / गायिका जुनु गौतमको स्वरमा रहेको मरि लानु के नै छ र को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार यशोदा थापाको एल्बम ‘गीताञ्जली २’मा समावेश गीतमा यशोदाको शब्द र अनिष श्रेष्ठको संगीत छ । भिडियोमा सोदिप र जुनुले फिचरिङ गरेका छन् ।
सुरेन्द्र श्रेष्ठको छायांकन रहेको भिडियोमा रामेश्वर जिरेलको सम्पादन र अनिषकै निर्देशन छ । भिडियो उपत्यकाका दरबार स्क्वायरमा छायांकन गरिएको हो । फिल्मी पाश्र्वगायनमा पनि सक्रिय जुनुले साहित्यकार झमककुमारी घिमिरेको जीवनीमा आधारित फिल्म ‘जीवन काँडाकी फूल’का दुई गीतमा पनि स्वर दिएकी छन् । ‘जीवन काँडाकी फूल’ पछि उनले ‘कानमा आई खुसुक्कै’ र अहिले ‘ठूली’ बोलको गीतको भिडियो बनाइसकेकी छन् ।
झापा घर भई हाल काठमाडौंमा बस्दै आएकी गायिका जुनु गौतम नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायिका हुन् । भारतको मणिपुरमा हुर्किएकी जुनुले संगीतको शिक्षादिक्षा भारतमै लिइन् । त्यहाँ सिकेको शिक्षालाई अहिले नेपाली संगीतमा राम्रैसँग प्रयोग गरिरहेकी छन् ।
https://www.youtube.com/watch?v=3_6JUpo-25k