२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सावधान ! चटपटे र पानीपुरीमा यस्तो हानिकारक तेल

सावधान ! चटपटे र पानीपुरीमा यस्तो हानिकारक तेल

2.1K
Shares

काठमाडौं – तपाईले सडक पेटीमा ठेलागाडामा राखिएका चटपटे र पानीपुरी खाने गर्नुभएको छ? छ भने सावधान रहनुहोला। किनकी त्यसमा स्वास्थ्यलाई प्रतिकुल असर पार्ने खालका हानिकारक तेलको प्रयोग गरेको पाइएको छ। आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गरेको बजार अनुगमनका क्रममा यस्तो तथ्य फेला परेको हो।

विभागका शाखा अधिकृत दीपकराज पोखरेलको नेतृत्वमा मंगलबार गएको बजार अनुगमन टोलीले चाबहिलस्थित धोविखोलानजिक एक कवाडी पसलबाट दूषित र हानिकारक तेल बिक्री गरेको फेला पारेको हो। ‘ कवाडी पसलमा स्वास्थ्यलाई प्रतिकल असर पार्ने पुरानो गन्हाउने तेल बिक्री गरेको भेटियो’ शाखा अधिकृत पोखरेलले भने ‘ लेबल नभएको म्याद नाघेका ८० लिटर तेल जफत गरी प्रहरीलाई बुझाएका छौं।’

उपभोक्ताको स्वास्थ्यलाई प्रतिकुल असर पार्ने तेल भएकाले सो तेल बिक्री गर्ने एक जना र खरिद र्ने दुई जनालाई पक्राउ गरी गौशाला प्रहरी कार्यालयमा राखिएको उनले जानकारी दिए।

तोरीको तेल भनेर ड्रममा राखेर प्रतिलिटरमा तीन सयदेखि चार सय रुपैयाँसम्म बिक्री गरेको अनुगमनका क्रममा भेटिएको छ । भारतीय नागरिक राजेश रौनियार सञ्चालक रहेको सो कवाडी पसलमा लामो समयदेखि हानिकारक तेल बेच्दै आएको पाइएको छ।

सो तेल चटपटे र पानीपुरीमा प्रयोग गर्ने गरिएको छ। सडक पेटीमा ठेलामा राखेर बिक्री गर्ने चटपटे र पानीपुरीमा सो तेल प्रयोग गर्ने गरेको पाइएको छ। यसअघि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ठेलामा राखेर बिक्री गरिने ससेज, पानीपुरी, चटपटे दूषित रहेको फेला पारेको थियो।

कारोबार दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij