२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

महिन्द्राको बम्पर उपहार घोषणा, दुई जनाले पाए थाइल्याण्ड घुम्ने अवसर

महिन्द्राको बम्पर उपहार घोषणा, दुई जनाले पाए थाइल्याण्ड घुम्ने अवसर

1.4K
Shares

अर्थ नेपाल काठमाडौं/महिन्द्रा टु ह्वीलरको आधिकारीक वितरक अग्नि मोटो इन्कले दसैं, तिहार तथा छठ पर्वको अवसरमा ल्याएको बम्पर उपहार योजनाको विजेता घोषित गरेको छ।

‘सुनै सुनको वर्षा रानीहारसँगै बिदेश यात्रा’ योजना अन्तर्गतको उपहार कुपन नं ९९७ हेटौंडाकी कल्पना दाहाल र कुपन नं ००१ विर्तामोडकी मन्जु खरेलले पाएका छन्। यी दुवैले थाइल्याण्ड भ्रमण जान पाउने भएका छन्। विजेताको परिवारले ५ दिन ४ रातको प्याकेज सहित बैंकक भ्रमण गर्ने अवसर प्राप्त गरेका हुन्।

त्यस्तै, १५ औं दिनको अन्तिम रानिहार विजेता कुपन नम्बर ९४९ मध्यविन्दुका दल बहादुर खत्री भएका छन्। यस योजना अन्तर्गत अग्निमोटो इन्कले लक्की ड्रमा प्रत्येक १५ दिनमा रानीहार प्रदान गर्दै आएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij