२०८३ मंसिर १४ आइतबार

Nov 29 2026 Sunday

आइएमई लाइफ इन्स्योरेन्स दक्षिण एसियाको ‘साफा मेरिट अवार्ड’ बाट सम्मानित

आइएमई लाइफ इन्स्योरेन्स दक्षिण एसियाको ‘साफा मेरिट अवार्ड’ बाट सम्मानित

215
Shares

काठमाडौं -आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रतिष्ठित ‘साफा मेरिट अवार्ड’ बाट सम्मानित भएको छ । दक्षिण एसियाका ृजीवन बीमा कम्पनीहरुमध्ये उत्कृष्ट वित्तीय प्रतिवेदन प्रस्तुत गरेबापत कम्पनीले उक्त अवार्ड प्राप्त गरेको हो ।
बंगलादेशको ृढाकामा ृशनिबार आयोजित विशेष समारोहमा कम्पनीका प्रमुख वित्तीय अधिकृत (सिएफओ) जगत बहादुर बोहरा तथा जोखिम तथा अनुपालन विभाग प्रमुख त्रिलोचन रावतले संंयूक्तरुपमा अवार्ड ग्रहण गर्नुभएको थियो । कम्पनीले ृआर्थिक वर्ष २०८१÷८२ को नवौें वार्षिक प्रतिवेदनका लागि साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट्स (साफा) द्वारा प्रदान गरिने उक्त अवार्ड प्राप्त गरेको हो ।
साफाले प्रत्येक वर्ष दक्षिण एसियाका विभिन्न वित्तीय तथा व्यावसायिक संस्थाका वार्षिक प्रतिवेदन मूल्याङ्कन गरी उत्कृष्ट प्रतिवेदन प्रस्तुत गर्ने संस्थालाई सम्मान गर्दै आएको छ । वित्तीय विवरणको गुणस्तर, पारदर्शिता, जवाफदेहिता तथा संस्थागत सुशासनका मापदण्ड पालना गरेको भन्दै साफाले आइएमई लाइफलाई उक्त सम्मान प्रदान गरेको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) पवन कुमार खड्काले यो सम्मान वित्तीय पारदर्शिता, जवाफदेहिता र संस्थागत सुशासनप्रति कम्पनीले राख्दै आएको प्रतिबद्धताकोे मान्यता भएको बताउनुभयो ।
कम्पनीले वार्षिक प्रतिवेदनमार्फत आफ्नो वित्तीय अवस्था र कार्यसम्पादनका साथै व्यावसायिक रणनीति, जोखिम व्यवस्थापन, संस्थागत सुशासन तथा सामाजिक उत्तरदायित्वका गतिविधि पारदर्शी रूपमा प्रस्तुत गर्दै आएको जनाएको छ ।
सरोकारवालालाई कम्पनीका गतिविधि, उपलब्धि र भावी प्राथमिकताबारे विश्वसनीय जानकारी उपलब्ध गराउने उद्देश्यले प्रतिवेदनको गुणस्तर, विश्वसनीयता र प्रस्तुतिमा निरन्तर सुधार गर्दै आएको कम्पनीको भनाइ छ ।
ृयसअघि कम्पनीले सोही वार्षिक प्रतिवेदनका आधारमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) बाट उत्कृष्ट प्रस्तुत वार्षिक प्रतिवेदनतर्फ तेस्रो पुरस्कार (कांस्य अवार्ड) प्राप्त गरेको थियो । उक्त सम्मानपछि दक्षिण एसियामा पनि सम्मानित हुनुले कम्पनीको प्रतिवेदनको गुणस्तर र पारदर्शितामा अपनाउँदै आएको अभ्यासलाई थप मान्यता दिएको छ ।
आइएमई समूहअन्तर्गतको आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सन् २०१७ देखि जीवन बीमा सेवा प्रदान गर्दै आएको छ । Ensuring Future को मर्मअनुरूप देशभरका शाखामार्फत ग्राहकलाई विश्वसनीय बीमा सेवा उपलब्ध गराउँदै आएको कम्पनीले पारदर्शिता, सुशासन र जवाफदेहिता कायम राख्दै ग्राहक तथा सरोकारवालाको विश्वास अभिवृद्धि गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij