२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

पोखरामा करिब ५० करोडको लगानीमा ‘क्लब भोल्कानो’ निर्माण हुँदै

पोखरामा करिब ५० करोडको लगानीमा ‘क्लब भोल्कानो’ निर्माण हुँदै

295
Shares

पोखरा – काठमाडौंमा रात्रिकालीन मनोरञ्जन व्यवसाय सञ्चालन गर्दै आएको व्यावसायिक समूहले पोखराको लेकसाइडमा करिब ५० करोड रुपैयाँको लगानीमा ‘क्लब भोल्कानो’ सञ्चालनका लागि निमार्ण थालेको छ ।

विशाल अर्बन भेन्चर्सको लगानीमा निर्माण हुन लागेको भोल्कानो कम्प्लेक्स तथा क्लबलाई मनोरञ्जन, खाना र सपिङको एकीकृत गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यसहित निमार्ण थालेको हो । क्लब, रेस्टुरेन्ट, फुड कोर्ट, स्पा, रूफटप रेस्टुरेन्ट र बालबालिकाका लागि प्ले जोनसहितको ’भोल्कानो’ एक वर्षभित्र सञ्चालनमा ल्याउने लक्ष्य छ ।

कम्प्लेक्स तथा क्लबको निमार्णका लागि पोखरामा भूमि पूजा गरेर काम थालेको छ । काठमाडौंमा व्यवसाय गरिरहेका विशाल श्रेष्ठ, विशाल थापा र विशाल तुलाचनको संयुक्त लगानीमा निर्माण हुन लागेको हो ।

पोखरामा अन्तर्राष्ट्रिय स्तरको प्रिमियम क्लब सञ्चालन गर्ने उद्देश्य सहित परियोजनाको काम अघि बढाइएको विशाल अर्बन भेन्चर्सका अध्यक्ष विशाल श्रेष्ठले बताए । पोखरा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्ष्य गरी पारिवारिक वातावरणमा मनोरञ्जन र आतिथ्य सेवा सहितको सुविधा उपलब्ध गराइने श्रेष्ठले बताए ।

भोल्कानो कम्प्लेक्समा फुड प्लाजा, विभिन्न क्लोथिङ ब्रान्डका स्टोर, कफी सप, रिसेप्सन एरिया तथा रूफटप रेस्टुरेन्ट लगायतका सुविधा रहने उनको भनाइ छ । एउटै परिसरबाट खानपान, सपिङ र मनोरञ्जनको अनुभव लिन सकिने गरी पूर्वाधार निर्माण गर्न लागेको उनले बताए ।

लेकसाइड स्ट्रिट नम्बर १० नजिकै अवस्थित उक्त परियोजना १७ वर्षका लागि जग्गा भाडामा लिएर सञ्चालन गर्ने तयारी गरिएको हो । विदेश भ्रमणका क्रममा देखेका अन्तर्राष्ट्रियस्तरका क्लब र मनोरञ्जन स्थलहरूकै स्तरको निर्माण गर्न उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij