२०८३ मंसिर ८ सोमबार

Nov 23 2026 Monday

कीर्तिपुरमा सिरक डसना उद्योगमा आगलागी, २५ लाखसम्मको क्षति

कीर्तिपुरमा सिरक डसना उद्योगमा आगलागी, २५ लाखसम्मको क्षति

205
Shares

काठमाडौं- काठमाडौंको कीर्तिपुर नगरपालिका ९ ढल्पामा रहेको सिरक-डसना उद्योगमा आगलागी हुँदा लाखौF रुपैयाँको क्षति भएको छ।

विकास चौधरीले सञ्चालन गर्दै आएको उद्योगमा आज दिउँसो करिब २ः३० बजे आगलागी भएको हो। विद्युत् सर्ट भएर आगलागी भएको प्रारम्भिक जानकारी दिइएको छ।

आगलागीबाट उद्योगमा रहेका तीनवटा मेसिन तथा गोदाममा भण्डारण गरिएका सिरक-डसनामा क्षति पुगेको उद्योग सञ्चालक चौधरीले जानकारी दिए।

उनका अनुसार आगलागीबाट करिब २० देखि २५ लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij