काठमाडौं – सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले दुई संस्थापक सेयरधनीको नाममा रहेको कुल २२ हजार ८१९.०९ कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ।
संस्थाले दिपक खड्काको नाममा रहेको १९ हजार ३०९.०९ कित्ता र हरि प्रसाद अर्यालको नाममा रहेको ३ हजार ५१० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो। उक्त सेयर खरिदका लागि इच्छुक व्यक्ति तथा संस्थाले आवेदन दिन सक्नेछन्।
संस्थाले यसअघि विद्यमान संस्थापक सेयरधनीलाई खरिदमा प्राथमिकता दिँदै ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरेको थियो। सो अवधिमा संस्थापक सेयरधनीबाट खरिदका लागि निवेदन प्राप्त भएपछि बाँकी रहेको सेयर अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिएको हो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij