२०८३ मंसिर ५ शुक्रबार

Nov 20 2026 Friday

नेपाल फाइनान्सको संस्थापक शेयर बिक्रीमा

नेपाल फाइनान्सको संस्थापक शेयर बिक्रीमा

175
Shares

काठमाडौं – नेपाल फाइनान्स लिमिटेडकोे संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला भएको छ । कम्पनीका संस्थापक शेयरधनी बिजय बहादुर मानन्धरको नाममा रहेको २ लाख २६ हजार ४०३ कित्ता र मिरा अग्रवालको नाममा रहेको ५ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला गरेको हो ।

यसअघि संस्थापक शेयरधनीलाई बिक्री खुला गरेको शेयरमा कुनै पनि संस्थापक शेयरधनीबाट आवेदन नपरेपछि उक्त शेयर सर्वसाधारणमा बिक्री खुला गरेको हो । उक्त शेयर खरिदका लागि जो कोहि व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् ।

शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ निर्धारण गरिएको छ । इच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी कमलादी काठमाडौंमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij