२०८३ मंसिर ५ शुक्रबार

Nov 20 2026 Friday

आज रु २०० अर्ब खिच्दै राष्ट्र बैंक

आज रु २०० अर्ब खिच्दै राष्ट्र बैंक

160
Shares

काठमाडौं -नेपाल राष्ट्र बैंकले आज फेरि मंसिर ४ गते निक्षेप संकलन उपकरणबाट बैंकिङ प्रणालीबाट एकैपटक २०० अर्ब रुपैयाँ तान्ने भएको छ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने ब्याजदरमा पनि बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्। आज अपराह्न २ बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल हुनेछ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

यो २८ दिने निक्षेप संकलन उपकरणको आउँदो पुस ३ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij