२०८३ कार्तिक २२ शनिबार

Nov 07 2026 Saturday

सनी सेक्युरिटिजद्वारा स्मार्ट इन्भेष्टमेन्ट अवेयरनेस कार्यक्रम सम्पन्न

सनी सेक्युरिटिजद्वारा स्मार्ट इन्भेष्टमेन्ट अवेयरनेस कार्यक्रम सम्पन्न

255
Shares

काठमाडौं – सनी सेक्युरिटिज कम्पनी लिमिटेड, ब्रोकर नं. ४२, नारायणगढ शाखाद्धारा शुभ दिपावली २०८३ को अवसरमा स्मार्ट इन्भेष्टमेन्ट अवेयरनेस कार्यक्रमर सम्पन्न भएको छ ।

आधुनिक प्रविधिको विकास सँगै लगानीकर्ताहरुमा शेयर बजार तथा लगानी सम्बन्धी आधारभूत ज्ञान अभिवृद्धि गर्नुका साथै शिक्षा र लगानीलाई सँगसँगै अगाडि बढाउँदै ज्ञान तथा सीपको माध्यमबाट भविष्यमा आर्थिक अवसर सिर्जना गर्न सकिन्छ भन्ने अवधारणालाई प्रोत्साहन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा ३८ जना लगानीकर्ताहरुको उत्साहवर्धक सहभागिता रहेको थियो ।

सनी सेक्युरिटिज कम्पनी लिमिटेडका तर्फबाट प्रमुख वक्ताका रूपमा सिनियर प्रवन्धक उज्ज्वल पौडेल र श्रोत व्यक्ति दिलिप काफ्लेले शेयर बजारको परिचय, लगानीका आधारभूत पक्ष, प्राथमिक तथा दोस्रो बजार, डिम्याट खाता, मेरो शेयर, ब्रोकरमार्फत शेयर कारोबार तथा लगानी गर्दा अपनाउनुपर्ने सावधानी लगायतका विषयमा जानकारी प्रदान गरेका थिए ।

कार्यक्रमका क्रममा लगानीकर्ताहरूले शेयर बजार तथा लगानीसम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए । ती जिज्ञासाहरूलाई प्रमुख वक्ता उज्ज्वल पौडेल र श्रोत व्यक्त्ति दिलिप काफ्लेले सरल, व्यावहारिक र सहज रूपमा बुझ्ने गरी सम्बोधन गरेका थिए । लगानीकर्ताहरूलाई अध्ययनसँगै वित्तीय ज्ञान, सीप र व्यवहारिक अनुभव हासिल गर्दै भविष्यका आर्थिक अवसरहरूका लागि तयार हुन प्रेरित गरेको थियो ।

सनी सेक्युरिटिज कम्पनी लिमिटेड ले आगामी दिनमा पनि वित्तीय साक्षरता र लगानीसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij