२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

माथिल्लो मैलुङ खोला जलविद्युतले बोलायो साधारणसभा

माथिल्लो मैलुङ खोला जलविद्युतले बोलायो साधारणसभा

205
Shares

काठमाडौं – माथिल्लो मैलुङ खोला जलविद्युत् लिमिटेडले आगामी मंसिर २१ गते तेह्रौँ वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको कात्तिक १९ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको चण्डोलस्थित कुण्डलिनी दरबार ब्याङ्क्वेटमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो।

सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ। त्यस्तै आर्थिक वर्ष २०८२/८३ को वार्षिक वित्तीय विवरण, लेखापरीक्षकको प्रतिवेदन, नाफा–नोक्सान हिसाब, वासलात तथा नगद प्रवाह विवरणमाथि छलफल गरी स्वीकृत गर्ने कार्यसूची छ।

सभाले आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र उनको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावसमेत पारित गर्नेछ। यसका साथै कम्पनीका शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने एक जना महिला सञ्चालकको निर्वाचन पनि हुनेछ।

सभामा कम्पनीको उद्देश्य थप गर्ने गरी प्रबन्धपत्र संशोधन गर्ने र शेयरको समूह विभाजनसम्बन्धी प्रबन्धपत्र तथा नियमावलीका व्यवस्थामा संशोधन गर्ने विशेष प्रस्ताव पनि पेस गरिनेछ। नियामक निकायबाट आवश्यक फेरबदल वा संशोधन गर्न निर्देशन आएमा सोहीअनुसार काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत रहेको छ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले मंसिर ८ गते एक दिन शेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ। त्यसैले नेपाल स्टक एक्सचेन्जमा मंसिर ७ गतेसम्म शेयर कारोबार भई नाममा शेयर कायम भएका शेयरधनीले मात्रै साधारणसभामा सहभागी हुन पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij