काठमाडौं – सानिगाड हाइड्रो लिमिटेडको सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको २ लाख ८५ हजार कित्ता साधारण सेयरको लकइन अवधि मंसिर २९ गते समाप्त हुने भएको छ।
कम्पनीले सार्वजनिक निष्कासनमार्फत जारी गरेको साधारण सेयरमध्ये सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम ४६ बमोजिम सामूहिक लगानी कोषका लागि छुट्याइएको ५ प्रतिशत सेयरको लकइन अवधि समाप्त हुन लागेको हो।
कम्पनीका अनुसार २ करोड ८५ लाख रुपैयाँबराबरको २ लाख ८५ हजार कित्ता साधारण सेयर सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरिएको थियो।
उक्त सेयर २०८३ असार १ गते बाँडफाँड गरिएको थियो। साधारण सेयर बाँडफाँड भएको मितिले ६ महिनासम्म लकइनमा राख्नुपर्ने व्यवस्थाअनुसार ती सेयरको लकइन अवधि २०८३ मंसिर २९ गते समाप्त हुने कम्पनीले जनाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij