काठमाडौं -नेपाली अटोमोबाइल बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने क्रममा BAIC र ARCFOX ले पोखराको बुद्धचोकमा नयाँ शोरुम सञ्चालनमा ल्याएका छन्।
नयाँ शोरुमको उद्घाटन लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठ र कार्यकारी निर्देशक सुनील श्रेष्ठले गरेका हुन्।
नेपालका लागि Laxmi Motorhub मार्फत प्रतिनिधित्व हुँदै आएका यी दुई ब्रान्डले नयाँ शोरुममार्फत पोखरा तथा आसपासका क्षेत्रका ग्राहकलाई सवारीसाधन, सेवा तथा ब्रान्डसम्बन्धी जानकारी अझ सहज रूपमा उपलब्ध गराउने लक्ष्य राखेका छन्।
काठमाडौंबाहिर पनि आफ्नो उपस्थिति विस्तार गर्दै प्रमुख क्षेत्रीय बजारमा पहुँच बढाउने योजनाअनुसार पोखरामा शोरुम सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।
BAIC इन्जिनियरिङ, कार्यक्षमता र बहुउपयोगिताका लागि परिचित ब्रान्ड हो भने ARCFOX विद्युतीय मोबिलिटी, आधुनिक डिजाइन र अत्याधुनिक प्रविधिमा केन्द्रित ब्रान्डका रूपमा परिचित छ।
नयाँ शोरुम सञ्चालनमा आएसँगै गण्डकी प्रदेशका ग्राहकले यी ब्रान्डका विभिन्न मोडल नजिकबाट अवलोकन गर्न तथा तिनका विशेषता, प्रविधि र सेवाबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन्।
कम्पनीका अनुसार नयाँ शोरुमले क्षेत्रीय बजारमा ग्राहकको पहुँच विस्तार गर्नुका साथै नेपालमा बढ्दै गएको विविध मोबिलिटी समाधानको माग सम्बोधन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij