२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

आजदेखि सरकारी कार्यालय ४ बजेसम्म मात्र खुल्ने

आजदेखि सरकारी कार्यालय ४ बजेसम्म मात्र खुल्ने

285
Shares

काठमाडौं -आज (कात्तिक १६ गते) देखि देशभरका सरकारी कार्यालयहरूमा हिउँदे समय तालिका लागू भएको छ। सरकारको निर्णयअनुसार आजदेखि आगामी तीन महिना अर्थात् माघ १५ गतेसम्म सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म मात्रै सञ्चालन हुनेछन्।

जाडोयाममा दिन छोटो हुने र ५ बज्दा नै झमक्कै साँझ पर्ने भएकाले सेवाग्राही तथा कर्मचारीहरूको सहजतालाई ध्यानमा राख्दै कार्यालय समय दैनिक एक घण्टा घटाइएको हो। यसअघि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुँदै आएका थिए।

नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार कात्तिक १६ देखि माघ १५ गतेसम्म साताको पाँच दिन बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म सेवा प्रवाह हुनेछ।

यसअघि पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजता र इन्धन खपत घटाउने उद्देश्यले मन्त्रिपरिषद् बैठकले सातामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। उक्त व्यवस्थालाई निरन्तरता दिँदै आएकाले हाल सरकारी कार्यालयहरू साताको पाँच दिन मात्र खुल्ने गरेका छन्।

नयाँ समय तालिका लागू भएसँगै सेवाग्राहीहरूलाई समयमै कार्यालय पुगेर सेवा लिन सम्बन्धित निकायहरूले आग्रह गरेका छन्। आगामी माघ १६ गतेदेखि भने पुनः नियमित समय तालिकाअनुसार कार्यालयहरू सञ्चालन हुनेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij