२०८३ कार्तिक २० बिहिबार

Nov 05 2026 Thursday

एनपीएल २०२६: कर्णालीले काठमाडौं र चितवनले सुदूरपश्चिमसँग खेल्दै

एनपीएल २०२६: कर्णालीले काठमाडौं र चितवनले सुदूरपश्चिमसँग खेल्दै

330
Shares

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुईवटा खेलहरू हुँदैछन्।
आजको पहिलो खेल दिउँसो १२:३० बजे कर्णाली याक्स र काठमाडौँ गोर्खाजबीच हुनेछ। प्रतियोगितामा उत्कृष्ट सुरुआत गरेको कर्णाली यसअघिका दुवै खेलमा विजय हासिल गर्दै ४ अंकका साथ अपराजित यात्रा कायम राखेको छ। कर्णाली आज पनि सोही विजयी लयलाई निरन्तरता दिँदै शीर्ष स्थानमा आफ्नो पकड बलियो बनाउन चाहन्छ।

यता, पहिलो खेलमा जनकपुर बोल्ट्ससँग पराजित भएको काठमाडौँ गोर्खाज भने आज प्रतियोगितामा पहिलो जितको खाता खोल्ने दाउमा मैदान उत्रनेछ।

आजै अपराह्न ५:०० बजे हुने दोस्रो खेलमा चितवन राइनोज र सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्। दुवै टोलीका लागि अंक तालिकामा सुधार गर्न यो खेल निकै निर्णायक मानिएको छ। चितवन यो खेलमा जित निकाल्दै शीर्ष चारमा आफ्नो स्थान सुरक्षित र बलियो बनाउन चाहन्छ भने सुदूरपश्चिम पनि दबाब चिर्दै जितको लयमा फर्किने लक्ष्यसहित मैदानमा उत्रनेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij