२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एस्कर्ट्स कन्स्ट्रक्सन इक्विपमेन्टको मोबाइल सर्भिस भ्यान सेवा

एस्कर्ट्स कन्स्ट्रक्सन इक्विपमेन्टको मोबाइल सर्भिस भ्यान सेवा

1.7K
Shares

अर्थ नेपाल काठमाडौं/एस्कर्ट्स कन्स्ट्रक्सन इक्विपमेन्टको आधिकारिक वितरक आइएमइ अटोमोटिभ्स प्रालिले आफ्ना ग्राहकका लागि मोबाइल सर्भिस भ्यानको सुरुआत गरेको छ।

ग्राहकलाई सर्वसुलभ तरिकाबाट बिक्रीपछिको सेवा उपलब्ध गराउन यो सेवा सुरु गरेको कम्पनीले जनाएको छ। यो भ्यान इक्विपमेन्ट बिग्रेको ठाउँमै पुग्ने हुँदा बनाउनको लागि झण्झट गर्नु नपर्ने कम्पनीले जनाएको छ।

आइएमइले हाल आफ्ना विभिन्न शाखा तथा डिलरमार्फत सेल्स, सर्भिस र पार्ट्सको सुबिधा उपलव्ध गराउँदै आएको छ। नेपालमा एस्कर्ट्स ब्रान्डका ब्याकहो लोडर, क्रेन, रोलर , कम्पैक्टर लगायत उपलब्ध छन्।

आइएमइ अटोमोटिभ्सले सन् २०१४ देखि एस्कर्ट्स ब्रान्डका कन्स्ट्रक्सन इक्विपमेन्टहरु बिक्री गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij