
इलाम/ माई नगरपालिका–४, इलामकी ३० बर्षिया सरिता राई १७ महिना काखे छोरा र ७ बर्षकी छोरी लिएर काठमाडौंमा भौंतारिरहेकी छिन् । साउदी अरवको मालिस जेलमा थुनिएका आफ्ना ३१ बर्षीय पति प्रेमबहादुर राईलाई छुटाउने आसले उनी परराष्ट्र र श्रम मन्त्रालयको ढोका ढकढकाईरहेकी छिन् ।
प्रेमबहादुर कम्पनीलाई ३ लाख १० हजार रियाल (झन्डै ९० लाख रुपैयाँ) भुक्तान गरेपछि मात्रै जेलबाट छुट्ने छन् । पति साउदी जेलमा थुनिएपछि उनको मन स्थिर छैन ।
‘उहाँ निर्दोष छु भन्दै रुनुहुन्छ,’ सरिता भन्छिन्, ‘इलाममा पुख्र्यौली जग्गा बेचेर त्यत्रो रकम आउँदैन। मलाई दैनिक घरको खर्च चलाउन नै मुस्किल छ। त्यत्रो रकम कहाँबाट ल्याउने ?’
कान्तिपुर दैनिकबाट
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij