२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

दृष्टीविहीन भएर के भो त ! लक्ष्मणप्रसादले गरे पीएचडी

दृष्टीविहीन भएर के भो त ! लक्ष्मणप्रसादले गरे पीएचडी

2.3K
Shares

गुल्मी/गुल्मीका ४६ वर्षीय लक्ष्मणप्रसाद ज्ञवाली दृष्टिविहीन हुनुहुन्छ। तर, दृष्टिविहीन भए पनि उहाँलाई केही फरक परेन । दृष्टि हुनेहरूले जस्तै उल्लेखनीय काम गरेर नेपालको शैक्षिक इतिहासमा आफ्नो नाम लेखाउन सफल हुनुभएको छ उहाँ । त्यो हो उहाँले प्राप्त गर्नुभएको फिलोसफी अन डक्टर्स (पीएचडी) उपाधि ।

त्रिभुवन विश्वविद्यालयको ४३औं दीक्षान्त समारोहका अवसरमा आइतबार आयोजित कार्यक्रम निकै खुसी देखिनुहुन्थ्यो ज्ञवाली । खुसीले गद्गद् मात्र होइन, पीएचडी पदवीले दीक्षित हुन पाउँदा हर्षविभोर नै हुनुहुन्थ्यो ।

उहाँले आफ्नी आमा, छोराछोरी र श्रीमतीलाई एकदमै ‘मिस’ गर्नुभयो। र, भन्नुभयो– ‘मेरो परिवारले सहयोग नगरेको भए डाक्टर हुन पाउँथिन होला, धन्य मेरो परिवार। छोराछोरीको सहयोग साह्रै महत्त्वपूर्ण हुँदोरहेछ, श्रीमतीको योगदानको त कुरै नगरौं ।’

 ईश्वरराज ढकाल / नेपाल समाचारपत्र 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij