
अर्थ नेपाल काठमाडौं /होण्डाले अंग्रेजी नयाँ वर्ष २०१८ को अवसरमा आफ्ना ग्राहकहरूको लागि ‘न्यू वेयर, न्यू यू’ नामक योजना सार्जजनिक गरेको छ। यो योजना जनवरी १ देखि ३१ सम्म नेपालभर लागू हुने छ।
यो योजना अन्तर्गत ग्राहकले कुनै पनि होण्डा मोटरसाइकल वा स्कुटरको खरिद गर्दा स्क्रयच कुपन पाउने छन्। सोही कुपनमार्फत २५ हजारसम्मको नगद छुट पाउन सक्ने कम्पनीले जनाएको छ।
त्यस्तै ४ जना भाग्यशाली विजेताहरुले ललितपुरस्थित लबिम मलका ब्राण्डेड स्टोरहरुमा १ लाख बराबरको शपिङ्गगर्ने मौका समेत जित्न सकिने होण्डाले जनाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij