काठमाडौं- फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई ११.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
कम्पनीको असोज २७ गते मंगलबार अपराह्न बसेको सञ्चालक समितिको २५९औँ बैठकले आर्थिक वर्ष २०८२/८३ सम्मको वितरणयोग्य मुनाफाबाट उक्त लाभांश प्रस्ताव गरेको हो।
प्रस्तावअनुसार कम्पनीले २०८३ असार मसान्तको चुक्ता पुँजी १ अर्ब ३४ करोड ४८ लाख ७१ हजार ३२३ रुपैयाँको आधारमा करसहित १४ करोड ८६ लाख ४३ हजार ६७३ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ। यसपटक बोनस सेयर भने प्रस्ताव गरिएको छैन।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij