२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लोकप्रियताको शिखर चढ्दै अभिनेत्री रजनी गुरुङ

लोकप्रियताको शिखर चढ्दै अभिनेत्री रजनी गुरुङ

4.4K
Shares

अभिनय क्षेत्रमा गुरुङ चलचित्रबाट प्रवेश गरेकी रजनी गुरुङ अहिले लोकप्रिय छन् । उनी आफ्नो अभिनय क्षमताबाट दशर्कको मन जित्न सफल भइन । उनी चलचित्र प्रर्दशनका लागि देश तथा विदेशमा सहभागी हुने अवसर पाइन । गुरुङ चलचित्रमा अभिनय गरेर चर्चामा रहेकी रजनीले नेपाली चलचित्रमा पनि अभिनय गरेकी छिन् । करिब दुई वर्ष अघि हास्य टेलिश्रृंखला मेरी बास्सैमा मंगलीको भूमिकामा अभिनय गरे पछि उनको चर्चा र लोकप्रियता बढ्यो । त्यसबाट रजनीले करोडौं दर्शकको मन जित्न सफल भइन । जिवन्त अभिनयले उनलाई अभिनय क्षेत्रमा स्थापीत गराउन सफल भयो । गुरुङ चलचित्र मन पराउने समुदायमा लोकप्रिय रहेकी रजनी विस्तारै सारा नेपालीको प्रिय कलाकार बन्न सफल भइन । कलाकारीतामा उनले पाएको सफलता वास्तबमा नै लोभ लाग्दो छ । मोफसलमा बसेर पनि उनी अभिनय क्षेत्रमा सक्रिय छिन् । चर्चित कलाकार बुद्धि तामाङसंगको अभिनयले पनि उनलाई चर्चामा आउन थप मद्दत पुग्यो । तर उनी आफै सक्षम र सफल कलाकार हुन । हनुमाने र मंगलीको जोडीलाई दर्शकले अत्याधिक मन पराएका छन् । उनलाई अहिले रजनी भन्दा पनि मंगलीका रुपमा दर्शकले चिन्ने गर्दछन् । विशेष गरी विदेशमा हुनेमा विभिन्न सांस्कृतिक कार्यक्रमहरुमा उनी सहभागी भइसकेकी छिन् । गुरुङ समुदायको होस वा अन्य समुदायले आयोजना गरेको कार्यक्रममा देश–विदेशबाट उनको माग बढ्न थालेको छ । गायक सुगम पोखरेल र ‘मेरी बास्सै’को टोलीसित युरोप टुर गरेर आएकी छिन् भने हङकङमा, बहराइन र दुबईमा समेत कार्यक्रम गरिसकेकी छिन् । अब कतारमा हुने कार्यक्रममा जाने तयारीमा छिन् । उनी कार्यक्रम र चलचित्र प्रर्दशनका लागि हङकङबाट मात्रै तीन पटक पुगिन ।


चञ्चले स्वभावकी उनी सानैदेखी नाच्च मन पराउथीन । गुरुङ समुदायमा हुने विभिन्न धार्मिक एंव सास्कृतिक कार्यक्रममा उनी आफ्नो नृत्य क्षमता प्रस्तुत गर्थिन । स्कुलमा हुने कार्यक्रमहरुमा उनी पहिलो रोजाइमा हुने गर्थिन । उनको नृत्य मन नपराउने सायद कमै हुन्थे । कलाकारितामा प्रवेश गर्न रजनीलाई धेरै गाह्रो भएन । फुपाजु गमबहादुरले उनको प्रतिभा र क्षमता चिनेर उनलाई निर्देशक स्व।लोकबहादुर र बेदबहादुर गुरुङसंग परिचय गराइदिएका थिए । आज पाएको सफलतामा खुशी हुँदै रजनी भन्छिन् – ‘दर्शकको यति धेरै माया पाउछु भन्ने सोचेको थिइन । जुन माया पाए अझ कलाकारितामा केहि गर्ने हौसला मिलेको छ ।’ रजनीले ‘माया गर्नेलाई माया नमार’, ‘मा’, ‘भ्रि’ ‘प्रेसोना’ लगायत १२ भन्दा बढि चलचित्रमा अभिनय गरे सकेकी छिन् । उनले गतवर्ष गुरुङ फिल्म ‘धिँ’ बाट उत्कृष्ट अभिनेत्री अवार्ड जित्न सफल भइन ।

 

‘टलकजंग भर्सेज टुल्के’, ‘सुराक’ जस्ता नेपाली चलचित्रसँगै चलचित्र ‘हिमालय क्याराभान’का चर्चित दिवंगत अभिनेता थिन्लेसित जापानी फिल्म ‘एभरेस्ट समिट अफ गड्स’मा पनि अभिनय गरेकी छिन् । १८ वटा भन्दा बढि म्युजिक भिडियोमा अभिनय गरेकी छिन् । बुद्धि तामाङसंग अभिनय गरेको चलचित्र मट्टिमाला प्रर्दशनमा आउने तयारीमा रहेको छ । जीवनलाई सिकाइको रुपमा बुझेकी रजनीले जीवन संघर्ष भएको बताउँछिन् । स्कुल पढ्दादेखी प्रेम प्रस्ताव आएको भएपनि त्यसलाई गम्भिरता पूवृक नलिएको बताउँछिन् । सानोमा अरुको चलचित्र हेर्दा त्यस्तै भन्ने सपना देख्ने रजनी आज दर्शकले मन पराउँदा खुशीको सिमा नरहेको बताउँछिन । संख्या भन्दा पनि राम्रो मात्र चलचित्र गर्ने उनको सोच छ । दर्शकको माया नै जीवनको ठुलो सफलता भएको उनी बताउँछिन । नेपाली कलाकारितामा उनी प्रतिभावान अभिनेत्री हुन ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij