२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अवैध सम्बन्धले निम्त्यायो मृत्यु, हत्या आरोपमा युवक पक्राउ

अवैध सम्बन्धले निम्त्यायो मृत्यु, हत्या आरोपमा युवक पक्राउ

2.7K
Shares

लहान/ प्रहरीले एक महिलाको हत्यामा संलग्न रहेको आरोपमा सिरहाको लहान नगरपालिका–८ का अमितकुमार साहलाई पक्राउ गरेको छ ।
लहानस्थित शुभलक्ष्मी होटल एन्ड लजको कोठामा गत मंसिर २१ गते हत्या गरिएकी सिरहाको मिर्चैया नगरपालिकाकी अंकिता यादवको हत्यामा संलग्न रहेको आरोपमा साहलाई घटनाको २१ दिनपछि सर्लाहीको हरिवनबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानले जानकारी दिएको छ ।

अंकितासँग साहको अनैतिक सम्बन्ध रहेको र अंकिताले विवाह गर्न दबाब दिएपछि साहले अंकिताको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।
साहसँगको यौनसम्बन्धबाट अंकिताले तीन महिनाअघि छोरा जन्माएकी थिइन् । अंकिताको हत्याका क्रममा नाबालक छोरा साथमै रहेको खुलेको छ ।
गत मंसिर २१ गते साँझ साहसँगै लहानस्थित शुभलक्ष्मी होटल एन्ड लजमा बसेकी अंकिताको मंसिर २२ गते बिहान हत्या भएको अवस्थामा शव फेला परेको थियो भने अंकिताको नवजात शिशु घटनास्थलमै रोइरहेको थियो ।
प्रहरीका अनुसार लहानस्थित साहको जयराम सुनचाँदी पसलमा अंकिता गहना खरिद गर्न गएकी थिइन् । त्यसपछि साहले अंकितालाई दिएको भिजिटिङ कार्डमा रहेको नम्बर मोबाइलमा सेभ गरेपछि सामाजिक सञ्जालमार्फत उनीहरु साथी बनेका थिए ।

प्रहरीले नवजात शिशुलाई भने अंकिताको श्रीमान् श्रीप्रसाद यादवको जिम्मा लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij