२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

धनगढीमा एभरेस्ट बैंकको १३४औं शाखा

धनगढीमा एभरेस्ट बैंकको १३४औं शाखा

540
Shares

काठमाडौं – एभरेस्ट बैंकले कैलालीको धनगढी वडा नं ८ क्याम्पस चोकमा मा १३४औं शाखा विस्तार तथा सुदूरपश्चिम प्रदेशमा नयाँ भवनको समेत उद्घाटन गरेको छ।
साथै बैंकले आफ्नो सुदूरपश्चिम प्रदेशको प्रादेशिक कार्यालय समेत हालको स्थानबाट स्थानान्तरण गरी सम्पूर्ण सेवाहरू सोहि भवनबाट प्रदान गर्ने जनाएको छ।

यो शाखासँगै सुदूरपश्चिम प्रदेशमा बैंकको शाखा संख्या १५ पुगेको छ। धनगढी उद्योग वाणिज्य संघका पुष्कर ओझा र बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बाल गोपाल वैद्यबाट संयुक्त रूपमा भवन उद्घाटन गरिएको हो।

सो समारोहमा, धनगढी उपमहानगरपालिका वडा नं ८ का वडा अध्यक्ष जुगराम चौधरी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ, बैंकका सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख यज्ञराज तिमिल्सिना, विभिन्न उद्योग व्यवसायीहरू तथा बैंकका अन्य कर्मचारीहरू लगायत स्थानीयवासीको उपस्थिति रहेको थियो।

धनगढीमा बैंकको आफ्नै भवनमा शाखा कार्यालय स्थापनासँगै अब यस क्षेत्रको आर्थिक गतिविधि अझ बढ्न गई समग्र आर्थिक विकाशमा थप टेवा पुग्ने विश्वास बैंकले लिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij