२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज हिमालयन ८०–२० को लाभांश सुरक्षित गर्ने अन्तिम दिन

आज हिमालयन ८०–२० को लाभांश सुरक्षित गर्ने अन्तिम दिन

290
Shares

काठमाडौं – हिमालयन क्यापिटल लिमिटेडले योजना व्यवस्थापन गर्दै आएको हिमालयन म्युचुअल फण्डअन्तर्गत सञ्चालित बन्दमुखी योजना ‘हिमालयन ८०–२०’ को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले लाभांश वितरण प्रयोजनका लागि असोज ६ गते बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै प्रस्तावित लाभांश पाउन योग्य हुनेछन् ।

कम्पनीले आर्थिक वर्ष २०८२/८३ का लागि इकाइधनीलाई लाभांश घोषणा गरेको छ । हिमालयन क्यापिटलको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीका अनुसार इकाइधनीलाई करसहित १५ प्रतिशतका दरले कुल १५ करोड रुपैयाँ प्रतिफल वितरण गरिनेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij