२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

फिन्सफ्टको अध्यक्षमा लम्साल नियुक्त

फिन्सफ्टको अध्यक्षमा लम्साल नियुक्त

270
Shares

काठमाडौं -नेपाल फिन्सफ्ट कम्पनी लिमिटेडको अध्यक्षमा संस्थापक सदस्य बसन्तराज लम्साल नियुक्त हुनुभएको छ । लघुवित्त क्षेत्रमा लामो समयदेखि सक्रिय लम्सालले यसअघि पनि विभिन्न नेतृत्वदायी भूमिका निर्वाह गरिसक्नुभएको छ ।

३४ वटा लघुवित्त वित्तीय संस्थाको सामूहिक लगानीमा स्थापित फिन्सफ्टले लघुवित्त क्षेत्रका लागि कोर बैंकिङ, मोबाइल बैंकिङ, रिपोर्टिङ तथा नियामकीय रिपोर्टिङ प्रणाली र लर्निङ म्यानेजमेन्ट सिस्टमलगायत डिजिटल समाधान उपलब्ध गराउँदै आएको छ ।

कम्पनीले लघुवित्त संस्थाको प्रविधिगत आवश्यकता सम्बोधन गर्दै सुरक्षित, प्रभावकारी र व्यवस्थित डिजिटल पूर्वाधार विकासमा आफ्नो भूमिका विस्तार गर्ने जनाएको छ ।
◾ थप सामग्री : https://ehimalayatimes.com/2026/09/483337/

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij