काठमाडौं- नेपाली कांग्रेस काठमाडौं महानगरपालिका–३ को इकाइ सभापति पदका उम्मेदवार भगवान कार्कीले संगठन सुदृढीकरण, युवालाई अवसर र जनतासँग प्रत्यक्ष जोडिएको नेतृत्व निर्माणलाई आफ्नो प्रमुख प्राथमिकता बनाएका छन्।
‘म होइन, हामी’ भन्ने मूल भावनासहित कार्कीले अनुभवबाट सिक्दै जिम्मेवारीपूर्वक नेतृत्व गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले इकाइलाई क्षेत्रकै अब्बल र उदाहरणीय संगठनका रूपमा विकास गर्ने संकल्प अघि सारेका छन्।
कार्कीले इकाइमा क्रियाशील सबै साथीलाई साथमा लिएर बलियो र समावेशी नेतृत्व निर्माण गर्ने बताएका छन्। साथै, युवालाई अवसर प्रदान गर्दै नयाँ पुस्तालाई नेतृत्वको जिम्मेवारी हस्तान्तरण गर्ने र यहीँबाट जनताले विश्वास गर्ने सक्षम नेतृत्व तयार गर्ने उनको योजना छ।
उनले पार्टीका सबै तहसँग प्रभावकारी समन्वय गर्दै संगठनलाई थप सुदृढ र गतिशील बनाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। राजनीतिलाई सामाजिक सेवासँग जोड्दै टोल, समाज र जनतासंगको सुख–दुःखमा प्रत्यक्ष रूपमा साथ दिने उनको संकल्प छ।
कार्कीले आफ्नो नेतृत्वको मूल आधारका रूपमा ‘साथीलाई साथ, युवालाई अवसर, संगठनलाई शक्ति र समाजलाई सेवा’ भन्ने अवधारणा अघि सारेका छन्।
चारवर्षे कार्यकालका लागि आफ्नो संकल्प प्रस्तुत गर्दै कार्कीले “म होइन, हामी। पद होइन, नेतृत्व र जिम्मेवारी।” भन्ने सन्देश दिएका छन्।
नेपाली कांग्रेस काठमाडौं महानगरपालिका–३ को इकाइ सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका कार्कीले संगठनलाई व्यक्ति केन्द्रित नभई सामूहिक सहभागिता, जिम्मेवारी र सेवामुखी भावनाबाट अघि बढाउने बताएका छन्।

कार्की ३२ वर्ष भन्दा बढि समयदेखी नेपाली कांग्रेसमा सक्रिय रहेका छन् । पर्यटन व्यवसाय मार्फत देशको अर्थतन्त्रमा योगदान दिँदै आएको कार्की समाजसेवामा पनि उत्तिकै सक्रिय रहेका छन् । लायन्स क्लबका साथै आफ्नै व्यक्तिगत रुपमा पनि समाजसेवामा लागेका छन् ।
उनले राजनीतिलाई समाजसेवाको रुपमा अगाडी बढाउनु पर्नेमा जोड दिँदै आएका छन् । उनी भुकम्प, कोभिड, बाढि पहिरो वा जस्तो सुकै संकट र समस्यामा अग्रपंतीमा रहेर खटिरहेका छन् । शिक्षा, बालबालिका,महिला सशक्तिकरण र विपत्तको समयमा राहतको क्षेत्रमा निरन्तर योगदान गर्दै आएका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij