२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

सूर्यकुण्ड हाइड्रोले बोलायो साधारणसभा

सूर्यकुण्ड हाइड्रोले बोलायो साधारणसभा

290
Shares

काठमाडौं- सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले २०औँ वार्षिक साधारणसभा आगामी असोज २३ गते शुक्रबार आयोजना गर्ने भएको छ ।
कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार साधारणसभा काठमाडौंको गौशालास्थित होटल क्रिस्टल पशुपतिमा दिउँसो २ बजेदेखि सुरु हुनेछ ।

सभामा आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन प्रस्तुत तथा छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाहलगायत वित्तीय विवरण अनुमोदन गर्ने र आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेका छन् ।

त्यसैगरी, प्रबन्ध सञ्चालकको नियुक्ति तथा पारिश्रमिक अनुमोदन, कम्पनीको नियमावली संशोधन तथा नियामक निकायबाट आवश्यक निर्देशन वा परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका विशेष प्रस्ताव पनि सभामा पेस हुनेछन् ।

कम्पनीले साधारणसभामा सहभागी हुन चाहने सेयरधनीले आवश्यक परिचय खुल्ने प्रमाणपत्र तथा सेयरसम्बन्धी प्रमाण लिएर उपस्थित हुन आग्रह गरेको छ ।

सभामा प्रयोजनका लागि कम्पनीले असोज १६ गते एक दिन सेयर दर्ता किताब बन्द रहने जनाएको छ । त्यसअघि कायम रहेका सेयरधनीले मात्र साधारणसभामा सहभागिता जनाउन तथा सभाका निर्णयमा भाग लिन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij