काठमाडौं – नेपाली बजारमा असोज १ गते, बिहीवार सुनचाँदीको मूल्य घटेको छ। आज सुन प्रतितोला दुई हजार ३०० रुपैयाँ र चाँदी तोलामा ६० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला दुई लाख ९९ हजार ५०० रुपैयाँ कारोबार भएको छ। बुधवार सुन प्रतितोला तीन लाख एक हजार ८०० रुपैयाँ खरिदबिक्री भएको थियो।
त्यस्तै, आजको बजारमा चाँदी प्रतितोला चार हजार ६२५ रुपैयाँमा कारोबार भइरहेको छ । बुधवार चाँदी प्रतितोला चार हजार ६८५ रुपैयाँमा कारोबार भएको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij