२०८३ कार्तिक २१ शुक्रबार

Nov 06 2026 Friday

पोखरा फाइनान्सको एक करोड ९० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत

पोखरा फाइनान्सको एक करोड ९० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत

550
Shares

काठमाडौं -समृद्धि फाइनान्स र साविकको पोखरा फाइनान्स मर्ज भएर पोखरा फाइनान्स लिमिटेड भएको छ । बुधबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा इएफएल संकेतमा मर्ज भएको कम्पनीको एक करोड ९० लाख १४ हजार ६८० कित्ता सेयर सूचीकृत भएको हो ।

दुवै फाइनान्स एक कित्ता बराबर एक कित्ता सेयरको अनुपातमा मर्जरमा गएका थिए । मर्जमा गएपछि बुधबार नेप्सेमा दुवै कम्पनीको सेयर गाभिएर पीएफएल संकेतमा सूचीकृत भएका हुन् ।

नेप्सेले आजै धितोपत्र सूचीकरण विनियमावली २०७५ बमोजिम स्टक एक्स्चेन्ज लिमिटेडमा कारोबार गर्नका लागि फुकुवा गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij